|

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) बाट नेपालमा बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ४ सय ५४ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो। मृत्यु हुनेमा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया महिला रहेका छन्। 

यस्तै भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, काठमाडौंमा ८२ वर्षीया महिला र ७५, ७९ र ८० वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।

झापामा ७८ वर्षीय, धनुषामा ६८ र ७० वर्षीय, रौतहटमा ६५ वर्षीय, तनहुँमा ३९ वर्षीय, दाङका ३९ वर्षीय युवकको काठमाडौंमा, कपिलवस्तुमा ५० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।  

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन्। 

थप एकको मृत्यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा १७ जना संक्रमितको मृत्यु भएको बताएको थियो। त्यसयता पनि थप एकजना संक्रमितले ज्यान गुमाएका छन्। 

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुकी ७५ वर्षीय महिलाको मृत्यु भएको छ। वाणगंगा ११ स्थित पचेहेरा बनगाईकी महिलाको बेलुका ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। 

असोज ५ गते अस्पतालमा भर्ना भएकी मृतकमा दमको समस्या थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। आज बिहान कपिलवस्तुको बुद्धभूमि-६ महुवाका कोरोना संक्रमितको मृत्यु भएको थियो। योसँगै कपिलवस्तुमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.