|

धादिङ : कालुपाण्डे राजमार्गको मलेखु–धादिङबेसी सडकखण्डमा बिहीबार राति ट्याक्सी दुर्घटनामा परी एक महिलाको मृत्यु र चारजना घाइते भएका छन्।

सुत्केरी लिएर काठमाडौंबाट धादिङबेसीतर्फ रिजर्भमा आउँदै गरेको बा १ ज १२६२ नम्वरको ट्याक्सी राति करिब ८ बजे धादिङको सिद्धलेक गाउँपालिका–६ फिस्टार नजिकैको तिरतिरे धारामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गंगाजमुना गाउँपालिका–३ की ५० वर्षीया विन्दु तामाङको मृत्यु भएको र सुत्केरीसहित अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। ट्याक्सी सडकबाट १५० मिटर तल खसेको ट। दुर्घटना भएको ठाउँमा गत साउन ५ मा पहिरो खसेर सडक साँघुरो भएकाले चालकले सडकको ज्ञान नपाउँदा ट्याक्सी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.