|

ताप्लेजुङ : आफ्नै ठूलो बुवाको तीनजना परिवारमाथि बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन्। 

बुधबार राति सुतिरहेको अवस्थामा तीनजनालाई बाम्फोक प्रहार गरी फरार रहेका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका लाक्पालाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसी महेन्द्र श्रेष्ठले जानकारी दिए। उनी पराल राख्ने खोल्मामा सुतिरहेको अवस्थामा पक्राउ परेका हुन्।

लाक्पाले ६१ वर्षीया फुटि भोटे, ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय लाक्पा छिरिङ भोटेमाथि बाम्फेकले प्रहार गरी घाइते बनाएको वडाध्यक्ष टसी लामाले बताए। वडाध्यक्ष लामाका अनुसार घाइते सबैको अवस्था चिन्ताजनक छ।  आक्रमण गर्ने लाक्पालार्य बिहीबार साँझ इलाका प्रहरी कार्यालय तेल्लोकमा ल्याइपुर्याएको छ। शुक्रवार जिल्ला प्रहरी कार्यालय ल्याइने प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

उपचार गर्न समस्या

घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरे पनि बिहीबार खराब मौसमका कारण समस्या भएको छ। रक्तश्रावका कारण घाइतेको स्वास्थ्यमा थप खराबी हुने भएकाले हेलिकोप्टरबाट काठमाडौं लाने तयारी थियो।

बाम्फोक प्रहारबाट घाइतेको टाउको तथा गर्धनमा गहिरो चोट लागेको छ। गाउँपालिकाको केन्द्र तेल्लोकबाट स्वास्थ्यकर्मीको टोली पठाइएको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले बताए। तेल्लोकबाट याम्फुदिन पुग्न कम्तीमा आठ घण्टा लाग्छ। घटनास्थलबाट मान्छेले बोकेर गाडीे चल्ने ठाउँसम्म पुर्याउन पनि एक दिन वडाध्यक्ष टसी भोटेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.