|

काठमाडौं :  भारतीय संसदका दुबै सदनबाट पारित भएका तीनवटा कृषि विधेयकविरुद्ध किसानहरु चक्काजाममा उत्रिएका छन्। 

सरकारले ल्याएका विधेयकहरु किसानको हित विपरित भएको भन्दै देशभरका किसानहरु चक्काजाममा उत्रिएका हुन्। सरकारले ल्याएका कृषि सम्बन्धी तीनवटा विधेयकले कृषि क्षेत्रलाई दलालको हातमा लैजाने भन्दै किसान संगठनहरुले विरोध गरेका हुन्। यी विधेयकविरुद्ध सबैभन्दा व्यापक प्रदर्शन पञ्जाब र हरियाणामा भइरहेको छ। 

पञ्जाबमा हिजोदेखि नै कृषकहरु रेलको लिकमा सुतेर प्रदर्शन गरेका छन् । भारतीय किसान युनियन बिकेयूले आज उत्तर प्रदेशमा मात्र चक्का जाम आह्वान गरेको छ तर अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले देशभर पूर्णरुपमा बन्दको आह्वान गरेको छ। देशका विभिन्न १२ वटा राजनीतिक दलसँग जोडिएका किसान संगठनहरु यस समन्वय समितिमा आबद्ध छन्। 

किसानहरुले गरेको आन्दोलनमा सत्तारुढ भारतीय जनता पार्टीबाहेक सबै दलले ऐक्येबद्धता जनाएका छन्। कोरोना भाइरसको महामारीबाट सर्वाधिक प्रभावित भएको भारतमा हजारौँ किसानहरु सडकमा उत्रिँदा संक्रमण दर भने झनै बढ्ने आंकलन गरिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.