|

काठमाडौं :  रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ।

 इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटमा बलिङ गरेको अभियोगमा   कोहलीलाई १२ लाख जरिवाना गरिएको हो। 

यस सिजनमा स्लो ओभर रेटका कारण कुनै कप्तानलाई जरिवाना गरिएको यो पहिलो पटक हो। 

सो खेलमा बैंगलोर पञ्जाबसँग ९७ रनले पराजित भएको थियो। पञ्जाबका कप्तान केएल राहुलले १३२ रनको शानादार पाली खेले। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.