|

काठमाडौं : कोरोना संक्रमणको दर बढिरहेको समयमा कर्मचारी अभावले सेरोलोजिकल परीक्षण अन्योलमा परेको छ। सरकारले पछिल्लो समय मुलुकभर कोरोना संक्रमणको दर बढिरहँदा समुदायमा गएको छ वा छैन भनेर सेरोलोजिकल माध्यमबाट परीक्षण गर्ने तयारी गरिएको थियो।

स्वास्थ्य अनुसन्धान परिषद, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य मन्त्रालय र नेपाल स्थित विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा परीक्षण गर्ने तयारी गरेको थियो।

सेरोलोजिकल परीक्षण गर्नको लागि कर्मचारीको अभाव भएकोले तत्कालै हुन नसकिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक डा. बासुदेव पाण्डेले बताए। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा परीक्षणमा ढिलाइ भएको उनले प्रस्ट पारे।

'स्वास्थ्यकर्मीको अभाव भएकोले अबको दुई सातमा सबै कर्माचारीको व्यवस्थापन गरी सुरु गर्न सकिन्छ,' निर्देशक डा. पाण्डेले भने,' स्वास्थ्य क्षेत्रसँग सरोकारवाला सम्बन्धित निकायले यसको प्रक्रिया पूरा गरिसकेको छ।' स्वास्थ्य मन्त्रालयले सेरोलोजिकल परीक्षण गर्नको लागि अनुमति दिइसकेको उनले जानकारी दिए।

कस्तो स्वास्थ्यकर्मीको अभाव भएको हो? भन्ने प्रश्नमा डा. पाण्डे भन्छन,' नर्स अहेव जस्ता स्वास्थ्य क्षेत्रमा कर्माचारीको जरुरी पर्छ। अहिले महामारीको समयमा सबै स्वास्थ्यकर्मी खटिएकाले पनि अभाव हुन सक्छ। सरकार र विश्व स्वास्थ्य संगठनले यसको लागि पहल गरिरहेको छ।'

के हो सेरोलोजीकल टेस्ट ?

छिटो–छरितो रुपमा कोरोना परीक्षण गर्ने एक माध्यम हो, सेरोलोजिकल परीक्षण। रगतको माध्यमबाट परीक्षण गरिन्छ। यस परीक्षण अन्तर्गत व्यक्तिको शरीरमा ‘एन्टीवडी’ को अस्तित्व रहे वा नरहेको जाँच गरिन्छ। जब, हाम्रो शरीर ब्याक्टेरिया, फङ्गस तथा भाइरसजस्ता बाहिरी अर्ग्यानिजमबाट संक्रमित हुन्छ, तब यसले शरीरमा एन्टीबडीको उत्पादन गर्छ । ‘एन्टीवडी’ एक प्रकारको प्रोटिन हो। यसले शरीरको प्रतिरक्षा प्रणालीमा मद्दत गर्दछ। त्यसको मात्रा थाहा पाउन सेरोलोजिकल परीक्षण हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.