|

काठमाडौं : सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्ने भएको छ। एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने कानुन ल्याउन लागेको छ। 

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् सिफारिसमा राष्टपतिबाट अध्यादेश जारी गराएर एसिड पीडितलाई न्याय दिन लागेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसिड आक्रमणबाट पीडित भएकाहरूसँगको भेटको क्रममा एसिड हान्ने विरुद्ध कडा कानुन ल्याउने बताएका थियो। सोही अनुरुपमा अध्यादेश ल्याएर कानुन परिवर्तन गर्न लागेको हो। बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि कडा कार्वाही गर्नका लागि अध्यादेश ल्याउने प्रस्ताव पारित भएको छ। 

आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष र दशलाख रुपैयाँ जरिबाना हुने भएको छ।  आँखा, एउटा कान जलि वा क्षति भइ काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भइ कुरुप भएमा, महिना भए एउटा स्तन काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्ण रुपमा जली काम नलाग्ने भएमा, टाउकोको कुन भाग जली क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भएमा दश बर्षदेखि २० वर्षसम्म कैद र सातदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ। 

यस्तै, शरीरको कुनै अंग भंग वा शारिरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम ५ बर्षदेखि १ बर्गसम्म कैद र एक लाखदेखि ५ लाखसम्म जरिवाना हुनेछ। पीडित व्यक्तिको तत्काल मृत्यु नभइ सोही कामको परिणाम स्वरूपपछि मृत्यु भएमा ज्यान मारेको आरोपमा कार्वाही हुनेछ। 

भदौ २५ मा प्रधानमन्त्रीले एसिड आक्रमणमा परेका १२ जना पीडित र एसिड आक्रमण विरुद्ध लागिपरेका अभियन्तासँग भेट गरेका थिए। एसिड आक्रमणमा परेकाहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आक्रमण गर्नेहरुलाई कडा सजायदेखि पीडितको निःशुल्क उपचार गर्जेसम्म व्यवस्था गर्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.