|

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर तीन दिनदेखि लगातार झरी पर्‍यो। झरीका कारण केही ठाउँमा मानवीय तथा भौतिक क्षति पनि भयो। असोज लागिसक्दा पनि लगातारको झरीले काठमाडौंका खोलामा टम्म पानी देख्‍न सकिन्थ्यो।

तीन दिनको झरीपछि शुक्रबार बिहानैदेखि घाम लागेर काठमाडौंको आकाश राम्रोसँग खुलेको छ। मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी बर्षा हुने सूचना दिएको थियो। झरीले हिलाम्मे बनेको काठमाडौंको सडक अब सहज बनेको छ। मौसम खुलेसँगै काठमाडौं पनि मनमोहक देखिएको छ।​​

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.