|

काठमाडौं धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरीका ७० र मोरङका ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

सप्तरीको राजविराज नगरपालिका-३ का संक्रमित गजेन्द्र नारायण सिंह अस्पतालबाट ज्वरो, खोकी श्वासप्रश्वासमा र निमोनिया जस्ता समस्याको कारणले रिफर भइ उपचार गर्न आएका थिए। उनमा २५ गते कोरोना पुष्टि भएको थियो।

प्रतिष्ठानमा २८ गते भर्ना भएका संक्रमित ८ गते राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए। त्यसैगरी, मोरङ जिल्ला कानेपोखरी गाउँपालिका १ का ५५ वर्षीय पुरुषको गए राति ८ बजे मृत्यु भएको थियो।

संक्रमित प्रतिष्ठानको सर्जिकल वार्डबाट रिफर भएका थिए। उनमा आन्द्राको क्यान्सर र जटिल शल्यक्रिया भएको सापकोटाले जानकारी दिए। ५ गते परीक्षण गरी ८ पुष्टि भएर कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.