|

हेटौंडा : मकवानपुरको मनहरी-७ स्थित एक इनारमा पसेर हराएका दुवैजना मृत अवस्थामा भेटिएका छन्। मनहरी-७ मा रहेको साह पार्टी प्यालेसको ईनारभित्र राखेको पानी तान्ने मोटरपम्प विग्रिएपछि बनाउन पसेका दुई जना मृत फेला परेका हुन्।

पार्टी प्यालेस संचालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए। 

उनीहरूको शव चितवन टाँडीबाट आएको नेपाली सेनाले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  शवलाई पोष्टमार्टमका लागि हेटौंडा पठाइएको छ।

दुवैजना बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लो बीचमै अचेत भएका थिए। उनको उद्धार गरि उपचार मनहरी प्राथमिक स्वास्थ केन्द्रमा पठाइएको थियो। उनको होस खुलेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.