|

नयाँ दिल्ली : कोरोना भाइरस संक्रमणबाट भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। ७४ वर्षीय उनको चेन्‍नईस्थित एक अस्पतालमा निधन भएको हो। 

कोरोना संक्रमण भएपछि उनी पछिल्लो ५२ दिनदेखि अस्पतालमा उपचाररत थिए।  उनको शुक्रवार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

उनको निधन भएको जानकारी उनका छोरा चरण एसपी र चेन्‍नईस्थित एमजीएम अस्पतालले दिएको हो। ५ अगस्टमा अस्पतालमा भर्ना भएका बालुको हालत पछिल्लो ४८ घण्टायता नाजुक भएको थियो। उनलाई भेन्टिलेटरमा राखेर चिकित्सकले निगरानी गरिरहेका थिए। 

गायक श्रीपथी पण्डितताराध्युल्ला बालासब्रमन्यमको जन्म सन् १९४६ जुन ४ मा भएको थियो। उनलाई एसपी बाला, एसपीबी र बालु आदि नामले पनि चिनिन्थ्यो।

उनको परिचय गायकमा मात्रै सीमित थिएन, उनी संगीतकार, पार्श्व गायक, संगीत निर्देशक, अभिनेता, डबिङ कलाकार र फिल्म निर्माता पनि थिए। उनले तेलगु, तमिल, कन्‍नड, हिन्दी र मलायलम भाषाको संगीत र मनोरञ्‍जन क्षेत्रमा काम गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.