धेरै ग्राउन्ड ह्ययान्डलिङ गर्ने अधिकार नेपाल वायुसेवा निगम

|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा पाउने वायुसेवा कम्पनीको संख्या चार पुगेको छ। नेपाली वायुसेवा कम्पनी दुई र विदेशीसहित चार वटा पुगेको हो।

पछिल्लो पटक हिमालयन एयरलायन्सले आफ्नो जहाजको सेल्फ ह्यान्डलिङ गर्न पाउने भएको छ। यसअघि नेपाल वायु सेवा निगमले उक्त एयरलायन्सको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थियो। यसअघि नेपाल एयरलायन्स, थाई एयरवेज र इन्डिया एयरवेजले सेल्फ ह्यान्डलिङको अनुमति पाइसकेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशिका अनुसार सातामा ३७ वटा उडान गर्ने र दिनमा पाँच वटा उडान गर्नेलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने छन्।

हिमालय एयरलायन्सले प्राधिकरणको निर्देशिका अनुसार सेल्फ ग्राउन्ड सुविधा पाउन योग्य ठहरिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक टेकनाथ सिटौलाले बताए।

निर्देशिका अनुसार आफ्नो क्षेत्राधिकार सेल्फ ह्यान्डलिङ पाउनलाई पाउनलाई स्वीकृत मागेकाले सेल्फ ह्यान्डलिङको अनुमति दिइएको उनको भनाइ छ। उनले भने,' हिमालय एयरलायन्सले आफ्नै विमानको सेल्फ ह्यान्डलिङ गर्न पाउने भएको छ। यसभन्दा अगाडि नेपाल वायुसेवा निगमले एयरलायन्सको ग्राउन्ड गरिरहेको थियो। अबदेखि हिमालय एयरलायन्सले आफैँ गर्नेछ।'

हिमालय एयरलायन्सले अन्य वायुसेवा कम्पनीका ग्राउन्ड ह्यान्डलिङ गर्न नपाउने उनले जानकारी दिए। नेपालमा थाई एयरवेज, इन्डियन एयरलायन्स र नेपाल वायुसेवा निगमले अनुमति पाएका छन्।

ह्यान्डलिङ गर्न राखिएको प्राविधिक सामग्रीले ओगटेको स्थान एक स्क्वायर मिटर बराबर प्राधिकरणलाई ६ सय रुपैयाँ बुझाउने उनले प्रस्ट पारे। 'प्राधिकरणलाई वार्षिक आम्दानी गरेको १३ प्रतिशत राजश्व तिर्नुपर्छ,'उनले भने,' प्रतिष्पर्धा भएको राम्रो नयाँ प्रविधि ल्याएर ग्राउन्ड ह्यान्डलिङ पाउँछन्।'

नेपाल वायुसेवा निगमले २५ भन्दा बढी वायुसेवा कम्पनीको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको उनले जानकारी दिए। कमर्सियल ग्राउन्ड ह्यान्डलिङको जिम्मा निगमले मात्र पाएको छ। अरुको सेल्फ ह्यान्डलिङ गरेबापत सबैभन्दा बढी आम्दानी निगमले गरिरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.