संक्रमितमध्ये ९६ प्रतिशत उपचारपछि स्वस्थ, ४ प्रतिशतको मृत्यु

|

काठमाडौं : विश्‍वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको कुल संख्या ३ करोड २५ लाख नजिक पुगेको छ।

वर्ल्डोमिटर्सको अनुसार आज साँझसम्म ३ करोड २४ लाख ६४ हजार ३ सय २ पुगेको छ । कुल संक्रमितको ९६ प्रतिशत अर्थात २ करोड ३९ लाख ५९ हजार ४ सय ९८ जना उपचारपछि स्वस्थ भएका छन्। 

संक्रमितमध्ये ४ प्रतिशत अर्थात ९ लाख ८८ हजार ५ सय ९३ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट सबैभन्दा वढी प्रभावित अमेरिकामा आजसम्म ७१ लाख ८७ हजार बढी संक्रमित हुँदा २ लाख ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

अमेरिकापछि दोस्रो स्थानमा रहेको भारतमा ५८ लाख २३ हजार बढी संक्रमित फेला परिसकेका छन्। त्यसैगरी तेस्रो स्थानमा रहेको ब्राजिलमा ४६ लाख ५९ हजार संक्रमित फेला परेका छन्।

तर भारतमा भन्दा ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरू धेरै छन्। ब्राजिलमा १ लाख ३९ हजार ८८३ जनाको मृत्यु हुँदा भारतमा भने अहिलेसम्म ९२ हजार ३ सय ४७ जनाको मात्र मृत्यु भएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.