|

काठमाडौं : नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बु ल्होसार (नयाँ वर्ष) सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन्। 

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ। यसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् टीका शेर्पाले बताए।

“हाम्रो संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ”उनले भने।

ग्याल्बु ल्होसारको अवसरमा काठमाडौंको सिफलमा विशेष कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका थिए। कार्यक्रममा साम्दे शेर्पा राष्ट्रिय पुरस्कारबाट कलाकारहरु बसुन्धरा भुसाल र दीपकराज गिरीलाई सम्मान गरिएको थियो।

हेर्नुस् फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.