|

डडेल्धुरा : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएलअन्तर्गत चेन्नई सुपर किंग्स (सिएसके)विरुद्ध पनि नेपाली लेगस्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा मौका पाउन असफल भएका छन्।

दिल्ली क्यापिटल्सबाट तेस्रो पटक आइपिएल खेलिरहेका सन्दीपले जारी सिजनमा लगातार दोस्रो पटक प्लेइङ(११ मा मौका नपाएका हुन्। दिल्लीले आज टिममा २ खेलाडी परिवर्तन गरेको छ। उसले रविचन्द्रन आश्विनको स्थानमा अमित मिश्रा र मोहित शर्माको स्थानमा आवेश खानलाई मौका दिएको छ। 

दिल्लीले आज पनि टस हारेर ब्याटिङको मौका पाएको छ। श्रेयस अय्यरको कप्तानीमा मैदान उत्रिएको दिल्ली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा  छ। पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो। महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रेको चेन्नई पनि दोस्रो जित निकाल्ने लक्ष्यमा छ। 

पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो। तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो। 

दिल्लीको प्लेइङ११

शिखर धवन, पृथ्वी शा, शिमरोन हेटमायर, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिक नोर्किया र आवेश खान छन्।

सिएसकेको प्लेइङ ११

मुरली विजयी शेन वाटसन, फाफ डु प्लेसिस, रुतराज गायकवाड, साम कुरान, केदार जाधव, रवीन्द्र जडेजा, एमएस धोनी (कप्तान), दीपक चहार, पियुष चावला र जोश हेजलउ।

​खेल भर्खर सुरु भएको छ। यो समाचार तयार पार्दासम्म दिल्लीले बिना कुनै विकेटको क्षतिमा पहिलो ओभरमा ९ रन बनाएको छ। ओपनर शिवर धवन र पृथ्वी साह ब्याटिङमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.