|

पटक–पटक आतंकवादी आक्रमणमा परेको फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोमा फेरि हमला भएको छ। 

हमलामा परी दुईजना गम्भीर घाइते भएको र यो हमला स्पष्ट रुपमा इस्लामिक आतंकवादी काम भएको फ्रान्सका गृहमन्त्री जेराल्ड डोरमानिनले उल्लेख गरेका छन्।

घटनास्थल नजिकैबाट पाकिस्तानी मूलका एक संदिग्ध आक्रमणकारीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान प्रयोजनका लागि अन्य चार जनालाई पनि पक्राउ गरिएको छ। 

पछिल्लो हमलामा घाइते भएका दुवै मानिस एक टेलिभिजन कार्यक्रम उत्पादन कम्पनीका कर्मचारी रहेको खुलेको छ। 

सन् २०१५ मा चार्ली हेब्डोको कार्यालयमा आतंकवादी आक्रमण हुँदा १२ जना कर्मचारीले ज्यान गुमाएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.