|

विराटनगर : पाँच दिनदेखि जारी विराट एक्स्पोमा चितवनको सुजल मम सेन्टरकी उषा रेग्मी मगरलाई बिहान ३ बजेदेखि नै भ्याइ नभ्याइ हुन्छ। ‘मम सेन्टरको नाम अलि मिलेन नि दिदी' मैले सोधेँ ‘नमिले पनि व्यापार मिलेकै छ' हास्य रससहित उनले जवाफ फर्काइन्।

पसलको अगाडि पट्टि उरुङ लगाएर राखेको सेल रोटीको थुप्रोमा ध्यान नजाने ग्राहक कोही नहोला। त्यही उरुङ लगाउन राती निन्द्रै नपुर्‍याई पिठो बनाउने र रोटी पकाउने चटारो हुन्छ उषा मगरलाई। ‘आधा रातदेखि रोटी पकाउन सुरु गर्‍यो  त्यही पनि बेलुकासम्म पुग्ने होइन' पसल्नी दिदीले भनिन्, ‘सबैले रोटी नै माग्छन्।’

आहा ! कस्तो खाउँ–खाउँ परेको रोटी' एकजना ग्राहकले भने, पसल्नी दिदीले भनिन् खाएर त हेर्नुस्। त्यही एउटा रोटी पनि खान सक्ने खालको छैन। एउटा रोटी र तरकारी खाइसक्दा पेट डम्म आघाउँछ । दाम पनि मोटै छ एउटा रोटी तरकारीको मूल्य १ सय रुपैयाँ। ‘आधा मानो पिठाको एउटै रोटी, कम्ता ठूलो होइन', पसल छेउमा आएर ग्राहकले कानेखुसी गर्छन्। ‘खाइसक्छु जस्तो लाग्ने आएर खान्छन्, कोही फर्किन्छन्’ उषाले भनिन्।

तापको आँच नमिले सेल राम्रो बन्दैन, सेल हाल्ने सीप पनि जो कोही जान्दैन। तर यहाँ सबै कुरा मिलाइएको छ। दैनिक २ सयको हाराहारीमा सेल रोटी खानेको जमघट हुने मगरले बताइन्। ‘आम्मै मान्छेको भीड सानो हुँदैन, बिहानै देखि भ्याइनभ्याइ छ, रोटी माग्नेको कमी छैन' मगरले भनिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.