डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-३ शीर्षबाट अवैध काठसहित दुईजना पक्राउ परेका छन्। उनीहरूलाई सव डिभिजन वन कार्यालय परशुराम र प्रहरीको टोलीले शुक्रबार राति पक्राउ गरेको हो।
राति अवैध काठ ओसारी रहेको ट्याक्टर र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको वन कार्यालय परशुराम जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए। उनका अनुसार चिरान गरेको सालको २५ थान कडी बरामद गरिएको छ।
'बरामद गरिएको काठ अहिले हाम्रो कार्यालयमा सुरक्षितसाथ राखेका छौँ,' उनले भने,'नियन्त्रणमा लिइएका दुई इलाका प्रहरी कार्यालयमा छन्। आज निजहरूलाई जिल्ला पठाउँछौँ।' अहिले मुचुल्का बनाउने काम भइरहेको उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।