|

सल्यान : सल्यानमा चोरीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा चोरी गरेको आरोपमा सल्यान शारदा नगरपालिका वडा १० हिवल्चाका २२ वर्षिय हस्त बहादुर बुढाथोकीलाई इलाका प्रहरी कार्यालय सिमखोलीले पक्राउ गरेको हो।

प्रहरीले गस्ती गर्ने क्रममा बाँगेलाखुरी बजार नजिकै रहेको खुरखुरेको जंगलबाट आज दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमखोलीका प्रमुख जय बहादुर चन्दले जानकारी दिए।

उनले बुढाथोकी आइतबार मात्रै प्रहरी हिरासतबाट भागेको बताए। इलाका प्रहरी कार्यालय झुल्नेटा रुकुमबाट शौचालयमा पिसाब फेर्न जाने बहानामा आइतबार प्रहरी चौकीबाट बुढाथोकी भागेको उनले बताए। भागेको २४ घण्टा नबित्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.