|

डडेल्धुरा : यूएईमा जारी १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को आठौँ खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्स (केकेआर) जम्मा लाई १ सय ४३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको हो। उसका लागि मनिष पाण्डेले अर्धशतक बनाए। उनले ३८ बलमा २ छक्का र ३ चौकासहित ५१ रनको योगदान दिए। आइपिएलमा पाण्डेको यो १६ औँ अर्धशतक हो।

त्यस्तै, ऋद्धिमान साहले ३०, कप्तान डेविड वार्नरले ३६, विकेटकिपर रब्याट्सम्यान जोनी बेयरिस्टोले ५ र मोहम्मद नाबीले अविजित ११ रन बनाए। ​बलिङमा केकेआरका प्याट कमिन्स, आन्द्रे रसेल र वरुण चक्रवर्तीले एक/एक विकेट लिए।

केकेआर र हैदरावादले जारी आइपिएलको पहिलो खेलमा हारको सामना गरिसकेका छन्। दुबै टोली आज आइपिएल २०२० मा जितको सुरुवात गर्न चाहन्छन्। आइपिएल इतिहासमा केकेआरले २ र हैदरावादले एक पटक उपाधि जितेसकेका छन्।

आज दुबै टिमले २र२ खेलाडी परिवर्तन गरेका छन्। हैदरावादले मिचेल मार्श र विजय शंकरको स्थानमा ऋद्धिमान शाह र मोहम्मद नाबीलाई मौका दिएको छ।

यता केकेआरले सन्दीप वारियर्स र निखिल नाइकको स्थानमा कमलेश नगरकोटी र वरुण चक्रवर्तीलाई अवसर दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.