|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा तत्काललाई निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितलाई मन्त्रालयमा बोलाएर त्रिभुवन विमानस्थलमा हिमालयनले प्राप्त गरेको ग्राउण्ड हृयाण्डलिङ सुविधा तत्लकालाई रोक्न निर्देशन दिएका हुन्। 

'यो निर्णय तत्कालका लागि कार्यान्वयनमा नलैजानु', भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'हिमालय एयरलाइन्ससँग त्यसका लागि आवश्यक आर्थिक तथा प्राविधिक क्षमता भए-नभएको अध्ययन गर्नू।'

प्राधिकरणका महानिर्देशक पोखरेलले हिमालयन एयरलाइन्सबाट ग्राउण्ड हृयाण्डलिङ निर्देशका पूरा गरी आवेदन आएकाले विधिपूर्वक सुविधा दिइरिएको जानकारी मन्त्रीलाई दिएका बताइएको छ। 

मन्त्री भट्टराईले राष्ट्रिय महत्वको विषयमा निर्णय लिँदा मन्त्रालयको उच्च नेतृत्वसँग सल्लाह र सुझाव लिन प्राधिकरणलाई निर्देशन दिएका छन्। तर यो अधिकार दिने प्राधिकरणका अध्यक्ष मन्त्री भट्टराई नै हुन्। 

 त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा नेपाल एयरलाइन्सले गरिरहेको छ। यस्तोमा हिमालयनलाई पनि त्यही सुविधा दिएको भन्दै चर्को आलोचना भएको थियो।

यो सुविधा थाई एयर र एयर इण्डियाले लिएका छन्। हिमालय एयरलाइन्सले थाई र एयर इन्डियालाई दिइएको प्रावधान अनुसार ग्राउण्ड हृयाण्डलिङ सुविधान लिन आवेदन दिएको थियो। तर त्यसका लागि आवश्यक उपकरण, जनशक्ति र अन्य क्षमता भए-नभएको अध्ययन गर्न मन्त्री भट्टराइले निर्देशन दिएका हुन्।

मापदण्ड नपुग्‍ने कम्पनीको पनि सुविधा खोस्‍नू

मन्त्री भट्टराईले यसअघि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा लिइसकेका कम्पनीको पनि मापदण्ड अध्ययन गर्न मन्त्री निर्देशन दिएका छन्।

मापदण्ड पुरा नगरेको पाइए एयर इण्डिया र थाई एयरको पनि सुविधा खोसेर नेपाल एयरलाइन्सलाई नै दिन मन्त्री भट्टराईले निर्देशन दिएका छन्। 

उड्‍यन प्राधिकरणले प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ अनुसार सुविधा दिएको जनाएको थियो। उक्त दफामा हप्तामा ३५ भन्दा बढी उडान गर्नेले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न पाउने व्यवस्था छ।

हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङका लागि २०७६ चैत ७ गते निवेदन दिएको थियो। निर्देशिकाको प्रावधान पूरा भएको जनाउँदै प्राधिकरणले भदौ २८ गते अनुमति दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.