|

भक्तपुर : भक्तपुर नगरपालिकामा १०३ वटा सम्पदा पुनर्निर्माण भएका छन। २०७२ सालको भूकम्पबाट क्षति पुगेकासम्पदाहरूको पुनर्निर्माण गरिएको हो। 

नगरपालिकाले भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुनर्निर्माण र निर्माणाधीन अवस्थाबारे विवरण समेटिएको ‘सम्पदा पुनर्निर्माण तथा जीर्णोद्वार’ नामक पुस्तक प्रकाशन गरेको छ। पुस्तकमा उल्लेख भएअनुसार हालसम्म १०३ वटा सम्पदा पुनर्निर्माण सम्पन्न गर्न २४ करोड २३ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। यस्तै, ३४ वटा निर्माणाधीन सम्पदाको लागि सात करोड ५४ लाख ९९ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।

पुस्तकमा सम्पदाहरुको भूकम्पले क्षति पुर्‍याउनुअघिको फोटो, निर्माणाधीन र सम्पन्न भएपछिको फोटो राखिएका छन्। प्रत्येक सम्पदाको संक्षिप्त विवरणसहित खर्च विवरण पनि पुस्तकमा उल्लेख गरिएको छ। पुस्तक सम्पदा र संस्कृति अध्ययन गर्नेहरुका लागि उपयोगी हुने विश्वास लिइएको छ। पुस्तक २३० पृष्ठको रहेको छ।

पुस्तकको आइतवार ४१औं विश्व पर्यटन दिवसको अवसरमा अनलाइन कार्यक्रममार्फत नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले विमोचन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.