सर्लाही : बागमती सिंचाइको नहरमा एक पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार शव बागमती सिंचाइअन्तर्गत मानपुर शाखा नहरमा बागमती नगरपालिका–८ गाजलीचौकका ५२ वर्षीय सुरेश वाइबाको शव सोमबार बिहान १० बजे फेला परेको हो। घरबाट एक किलोमिटर दक्षिण वडा नम्बर ७ निरौलाटोलमा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।
आइतवार साँझदेखि हराएका वाइबालाई नहरको पानीले बगाएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। शव परीक्षणका लागि सर्लाही जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।