ल्याव स्थापनाको एक महिनापछि अनुमति

|

विराटनगर : यहाँस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पिसिआर परीक्षण सुरु गरेको छ। अस्पतालले सरकारले तोकेको भन्दा साढे ४ सय रुपैयाँ कम शुल्कमा पिसिआर परीक्षण गर्ने भएकौ हो।

सरकारले निजी अस्पतालले पिसिआर परिक्षण गरेबापत २ हजार शुल्क लिन पाउने व्यवस्था गरेको छ । प्रदेश एकमा निजीस्तरबाट सञ्चालित अस्पतालमा पिसिआर परीक्षण अनुमति पाउने पहिलो अस्पताल बनेको छ नोबेल।

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाइ भइरहेका बेलामा सर्वसुलभ शुल्कमा पिसिआर परीक्षण सुरु गरेको बताए।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति पाएसँगै सोमबारबाट परीक्षण थालिएको बताए।

नोबेलले एक महिनाअघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो। तर, सरकारबाट एक महिनापछि मात्रै परीक्षण अनुमति मिलेको नोबेलले जनाएको छ।

‘अस्पतालले पिसिआर मेसिन ल्याएर ल्याब बनाई परीक्षणका लागि एक महिनाअघि नै सम्पूर्ण तयारी पुरा गरेको थियो’, सञ्चालक शर्माले भने, ‘सरकारी अनुमति कुरेका एक महिना बस्नु पर्यो। अब अनुमति पाएकाले सोमबारदेखि अस्पतालमा परीक्षणको काम शुरु भएको छ।’

कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरिकन पिसिआर मेसिन ल्याएको जनाएको छ। उसले सुरक्षित तवरले परीक्षणका लागि नोबेलले बेग्लै ल्याब निर्माण गरेर पीसीआर परीक्षण थालेको बताएको छ।

नोबेलमा दुई वटा पिसिआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका वरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंहले बताए।

सिंहका अनुसार ४ देखि ६ घण्टा भित्रै रिपोर्ट प्राप्त हुनेछ। काठमाडौं मेडिकल कलेजको अध्यक्ष समेत रहेका  डा.शर्माले केएमसीमा १ हजार ९ सय ९९ शुल्कमा पीसीआर परीक्षण हुदै आएको अस्पतालले जनाएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.