|

कपिलवस्तु : मोटरसाइकलको ठक्करबाट कपिलवस्तुको डुमरा गाबिसको डुमरा चौराहामा १ जना साइकलयात्रीको मृत्यु भएको छ। घटनामा  २ जना घाइते भएका छन्।

सदरमुकाम तौलिहवाबाट भैरहवातर्फ गइरहेको लु ८ प ६१८६ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेका अन्दाजी ४०\४५ बर्षिय पुरुषलाई सोमबार साँझ साढे ७ बजेतिर ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको छ।

मृतकको नाम, ठेगाना अझै खुल्न नसकेको अस्पतालले बताएको छ। मोटरसाइकलमा सवार पकडि गाविस ३ बर्रोहियाका मनोज हरिजन र राहुल ठाकुर घाइते छन्। घाइतेमध्ये मनोज हरिजनको अवस्था गम्भीर रहेको बताइएको छ। उनको थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रिफर गरिएको अस्पतालले जनाएको छ।

अर्का घाइते राहुल ठाकुरको स्थानीय सेफा हेल्थ सेन्टर पकडिमा उपचार भैरहेको छ। ठक्कर दिने मोटरसाइकललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पकडिका प्रहरि निरिक्षक विकास थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.