|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवा विरुद्ध विरोध पत्र दर्ता गरेको छ। पौडेल पक्षका नेता नवीन्द्रराज जोशी नेतृत्वको टोलीले पत्र दर्ता गरी पार्टी मुख्यालय सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पत्र बुझाएको हो। 

पौडेल समूहले सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विधान विपरीतका निर्णय गरेको भन्दै तिनलाई सच्याउन माग राखेर विरोधपत्र दर्ता गर्न गरेको हो। 

पौडेलपक्षले आगामी असोज १९ गते केन्द्रीय समितिको बैठक अघि विधान मिचेर विस्तार गरेको विभाग खारेज गर्न, सदस्यता वितरण एकलौटी नगर्न र गरेको सच्याउन देउवालाई अल्टिमेटम दिएको छ। १९ गतेसम्म पनि नसच्चिए चरणवद्ध विरोधको कार्यक्रम गर्ने जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.