|

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना निको हुनेहरुको संख्या ५४ हजार नाघेको छ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १३५१ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.