|
फाइल फोटो

स्याङ्जा : वालिङमा माथिबाट खसेको पहिरोमा पुरिँदा एक जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन्।

गिट्टी निकाल्ने क्रममा माथिबाट ढिस्कोसहित पहिरो खसेको थियो। सोही पहिरोमा पुरिँदा वालिङ-११ पेखुका ३१ वर्षीय दुर्गा थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पौडेलले जानकारी दिए।

सोही पहिरोमा वालिङ-११ कै ३५ वर्षीय मुना थापा र ३१ वर्षीय नारायणी सिङ्जाली घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि वालिङस्थित गह्रौँ ध्याङलिङ प्राथमिक अस्पतालमा पठाइएको छ ।

स्याङ्जामा पहिरोको कारण यस वर्ष ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.