भागबण्डा नमिल्दा मन्त्रिपरिषद् पुनर्गठन अलमल

|

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि कुरा मिलेन। आज (मंगलबार) भएको भेटवार्ता पनि बिनानिष्कर्ष टुंगिएको हो।

बिहीबारदेखि निरन्तर भइरहेको बैठकमा दुवै नेताहरुको आफ्नै अडान राखेका कारण कुरा मिल्न नसकेको हो।

अपवादबाहेक सबै मन्त्री हेर्नुपर्ने अध्यक्ष दाहालले अडान लिएका छन्। तर, प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु मात्रै हेरफेर गरेर अगाडि बढ्ने अडान लिइरहेका छन्। 

‘अध्यक्ष दाहालले अपवादबाहेक सबै मन्त्री हेरेर स्थायी कमिटीको निर्णयअनुसार अघि बढौँ भन्‍ने प्रस्ताव प्रधानमन्त्रीसँग राख्नुभएको छ। तर, प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु मात्रै फेरेर केही थप्ने पक्षमा उभिनुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँहरूबीच यही बिषयमा सहमति बन्‍न सकेको छैन। उहाँहरूबीच छलफल जारी  रहन्छ।’

सचिवालयको निर्णयअनुसार अध्यक्षद्वयले सहमति जुटाइ सकेपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन अघि बढ्ने स्रोतले बतायो। ‘प्रधानमन्त्रीको अडानले यसअघि पनि पार्टीभित्र संकट निम्तियो। अहिले स्थायी कमिटीको निर्णयलाई कार्यान्वयन गरेर अघि बढ्न खोज्दा सहमति जनाउनुभएको छैन,’ स्रोतले भन्यो।

यी बाहेक सरकारबाट फिर्ता गर्ने र पठाइनेको व्यक्तिको नाममा समेत ओली-दाहालबीच कुरा मिलेको छैन। ‘उहाँहरु निरन्तर छलफलमा बसिराख्नु भएको छ। तर, अझैसम्म पनि व्यक्तिको भागबण्डामै कुरा मिलिसकेको छैन’, एक स्थायी कमिटी सदस्यले, ‘मुख्य कुरा भागबण्डामा नै हो। त्यो मिलकै छैन। अनि अध्यक्षद्वयबीच कसरी सहमति बन्छ।’

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आआफ्नै अडानको कारणले मन्त्रिपरिषद् पुनर्गठनमा केही ढिलाई हुने भएको छ। दुवै नेताले आफ्नो अडानबाट पछि नहटेपछि मन्त्रिपरिषद् हेरफेरको एजेण्डा थप पेचिलो बन्दै गएको छ। 

प्रधानमन्त्री ओलीले केही मन्त्रालय टुक्राएर मन्त्री थप्ने पक्षमा छन्। मन्त्रालय थपेर ओलीले २४ मन्त्रालय पुर्याउने पक्षमा छन्। तर, २४ मा अध्यक्ष दाहालले पूर्व माओवादीको तर्फबाट १० मन्त्रालय दाबी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.