|

सल्यान : सल्यानमा जनप्रतिनिधि र कर्मचारी सहित २० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा जनप्रतिनिधि सहित २० जनामा कोरोना पुष्टि भएको हो। 

त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सहित तीन जना, छत्रेश्वरी गाउँपालिकामा १५ जना, शारदा नगरपालिकामा १ र सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। 

योसँगै सल्यानमा कोरोना संक्रमित संख्या ३ सय ९८ पुगेको छ। ३ सय ४ जना भने निको भएर घर फर्किसकेका छन्। 

त्रिवेणी गाउँपालिका सिल

यस्तै जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका सिल गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ। मंगलबार साँझ ५ बजेबाट असोज २० गते राति १२ बजेसम्म गाउँपालिका कार्यालय, सबै वडा कार्यालय र लुहाम बजार क्षेत्रलाई सिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.