हिमालयनको सेल्फ ह्यान्डलिङ खारेज गर्न माग
हिमालयनको सेल्फ ह्यान्डलिङ खारेज गर्न माग
काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम आफ्नो लगानी र आम्दानी खोस्ने गरी निजी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ प्रबन्ध सेवा) को अनुमति नदिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
निजी क्षेत्रको हिमालय एअरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ सेवा दिएर सरकारको अर्बौं लगानीको भूमिस्थ प्रबन्ध सेवाको आम्दानी रोक्ने कामको थालनी गर्न खेजिएको आरोप निगमले मंगलबार एक विज्ञप्ति निकाल्दै लगाएको छ।
विश्का धेरै जसो देशका विमानस्थलहरुमा राष्ट्रिय ध्वजावाहकले ग्राउन्ड ह्यान्डलिङ सञ्चालन गरिरहेको जनाउँदै निगमले नेपालमा पनि आफ्नो अधिकार खोसेर निजीलाई पोस्ने काम नगर्न भनेको हो।
निजी क्षेत्रको हिमालयलाई ग्राउन्ड ह्याडलिङमा प्रवेश गराउने नेपाल नागरिक उड्डयन प्राधिकरणको ४ असोजको निर्णयबारे आफ्नो लिखित धारणा सार्वजनिक गरेको हो। उसले यो सेवाका लागि अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा दिन प्राविधिक सामग्री र जनशक्ति विकासमा गरेको अर्बौंको सरकारी लगानी जोखिममा नपार्न पनि पर्यटन मन्त्रालय र सरकारलाई भनेको छ।
'निगमले प्रदान गरेको सेवाको गुणस्तर अन्तर्राष्ट्रियस्तरको छ', विज्ञप्तिमा भनिएको छ, 'यो वर्ष मात्रै चार वटा र्याम्प बस र अन्य सामग्रीमा लगानी गरिएको छ। वास्तविक तथ्यलाई आधार बनाएर ग्राउन्ड ह्याण्डलिङ सेवाको दायरा खुम्च्याउने काम नगरिदिनुहोला।'
ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दा विमानस्थमा ठाउँ अभाव रहेको पनि निगमले नजाएको छ। पटकपटक माग गर्दा आवश्यक सामग्री राख्न स्थान मुस्किलले उपलब्ध गराएका बेला थप कम्पनी आउँदा समस्या हुने निगमले जनाएको छ। उसले थप कम्पनीलाई यो सुविधा दिँदै जाँदा ग्राउन्ड ह्याडलिङका सामाग्रीको व्यवस्थापन र भण्डारण अभावमा विमानस्थल कवाडखाना हुने जनाएको छ।
'त्यो अवस्था आएमा 'वर्किङ प्लेस सेफ्टि'को समस्या आउने छ', उसले भनेको छ, 'त्यही कारण युरोपेली युनियन (ईयू) ले नेपाली वायुसेवामाथि लगाएको कालोसूची अझै म्बिन सक्छ।'
निगमले एअर इन्डिया र थाई एअरलाइन्सले करिब ३५ पहिले पाएको सुविधा नयाँ वायुसेवाले पाउने सुविधासँग कुनै पनि अवस्थामा तुलना गर्न नमिल्ने जनाएको छ।
'निगमले ६२ वर्षदेखि पुर्याउँदै आएको सुविधालाई खोस्ने कोसिस नहोस्', विज्ञप्तिमा भनिएको छ, 'विमानस्थल कार्यालयले स्थान अभावमा थप नयाँ वायुसेवालाई ग्राउन्ड ह्याण्डलिङ सेवा दिन नसकिने हुँदा त्यही आधारमा निर्णय गराउन सकिनेछ।'
निगमले नागरिक उड्ययन प्राधिकरणले हिमालय एअरलाइन्सलाई प्रदान गरेको सेल्फ ग्राउन्ड ह्याण्डलिङ सेवा पनि खारेज गर्नु पर्ने अडान राखेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।