|

भक्तपुर : भक्तपुरमा पुनः डलर देखाई लुटपाट भएको छ। कमलविनायक बसपार्कमा मंगलबार दोलखा घर भई हाल सूर्यविनायक बस्ने एक व्यक्तिलाई डलर साट्ने बहानामा ५ लाख रुपैयाँ लुटपाट भएको हो। गत साउनयता डलर साट्ने बहानामा लुटपाट भएको यो छैटौं घटना हो।

प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित बसपार्कमा लुटपाटको घटना भएको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुई जनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षिय विमल भण्डारी र २१ वर्षिय निर्मल भण्डारी छन।

प्रहरीले उनीहरुको साथबाट ३ लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाइल २ थान, २२० सिसीको पल्सर मोटरसाइकल १ थान र पर्स २ थानसमेत बरामद गरेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.