समानान्तर कमिटी चयन

|

पर्सा : सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ मा समानान्तर कमिटी चयन भएको छ।

विधानअनुसार यहि असोज १२ गते देशका ७ वटै प्रदेशमा प्रदेश स्तरीय अधिवेशन सम्पन्न गर्ने निर्णय अनुसार सुनचाँदी व्यवसायी महासंघको यो प्रदेशमा पनि अलग-अलग ठाउँमा अधिवेशन सम्पन्न गरिएको हो।

सम्पन्न अधिवेशनले दुई वटा समानान्तर कमिटीको चयन गरेको छ। योसँगै प्रदेशमा सुन चाँदी व्यवसायी महासंघ पनि दुई चिरामा विभक्त भएको छ। पहिले

आइतबार शिवकुमार सर्राफ सभापति रहने गरी १० सदस्यीय कमिटी वीरगन्जमा चयन भएको भयो। सो कमिटीको उपाध्यक्ष प्रवेश कुमार सर्राफ र वसन्तकुमार साह रहेका छन्। त्यसैगरी सचिवमा विनोद कुमार भण्डारी, सहसचिव अमित कुमार गुप्ता, कोषध्यक्ष कमलेश साह, सह-कोषाध्यक्ष भगवान साह, सदस्यहरूमा धनीलाल साह सोनार, दीपक ठाकुर र भोला कुमार साह सोनार रहेका छन्।

यो गुटको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विनय कुमार सिंहले नाम सार्वजनिक गरेका थिए। उनले आइतबार नै वीरगन्जमा निर्विरोध निर्वाचन सम्पन्न भएको घोषणा गरे। निर्विरोध निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको छ। 

वीरगन्जमा नै अर्को कमिटी घोषणा

लगत्तै प्रादेशिक राजधानी जनकपुरमा निर्वाचन सम्पन्न गरिएको भनी सोमबार वीरगन्जमा नै अर्को कमिटीको पनि नाम घोषणा गरिएको छ। सो कमिटीको सभापति रामजी साह रहेका छन्। उनको नेतृत्वमा ११ सदस्य नयाँ कमिटी बनेको सार्वजनिक गरिएको हो। 

सो कमिटी पनि निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता मन्सुरूल हक सिद्धिकीले बताए। रामजी साह सभापति रहेको अर्को कमिटीको उपाध्यक्षमा सन्तोष साह र विश्वेश्वर साह रहेका छन्।

सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको साह नेतृत्वको सचिवमा भीमबहादुर विक, सह-सचिवमा राकेश सर्राफ, कोषाध्यक्षमा देवकृष्ण साह र सदस्यहरूमा प्रकाश विक, ध्रुव विश्वकर्मा, राज कुमार साह र पूजादेवी साह रहेको प्रमुख निर्वाचन अधिकृत सिद्दीकीले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.