|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर संक्रमित १ हजार ५ सय ५९ थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले बताएअनुसार देशभरबाट १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 

आजको पिसिआर १२ हजार २ सय ५ रहेको र हाल संस्थागत आइसोलेसनमा १० हजार ८७  रहेका छन्। त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय २८ छ।देशभरबाट हालसम्म कोरोना ७२ दशमलव ५ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गौतमले बताए।

आज काठमाडाैं उपत्यकामै ९ सय २ संक्रमित थपिएका छन्। जसअनुसार काठमाडाैंमा मात्र ९ सय ९७ जना संक्रमित थपिएका गाैतमले बताए। त्यस्तै भक्तपुरमा ९३ जना र ललितपुरमा १ सय १२ जनामा संक्रमण पुष्टि भएको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.