गीत, कथा लेखेर आइसोलेसनको मजा लिनू

|

काठमाडाैं : कोरोना संक्रमित भएपछि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा सावधानीबारे सरकारले विभिन्न आग्रह र अनुरोध गर्दै आएको छ। बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले घरमा आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपायबारे प्रस्ट पारेका छन्।

घरमै आइसोलेसनमा बस्दा गन्ध थाहा नपाउने र स्वाद पनि थाहा नपाउने, लगातार खोकी लाग्ने स्वास फेर्न गाह्रो हुने भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनले आग्रह गरेका छन्।  

आइसोलेसनमा बसेको व्यक्तिले पिसिआर परीक्षण गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सुरक्षितसाथ अलग्गै बस्न पनि गौतमले आग्रह गरेका छन्। साथै नतिजा पोजेटिभ आए पनि नआत्तिन उनले आग्रह गरे।

भने, ‘संक्रमित भए तुरुन्त अलग्गै बस्ने गर्नुपर्छ। आफ्नो भाँडा, लुगा आफैंले धुने गर्नुपर्छ, सम्भव भएसम्म बिहान बेलुका ज्वरो नाप्ने पनि गर्नुपर्छ। 

कोरोना रिपोर्ट पोजेटिभ भए पनि आफूले गर्ने काम नियमित गर्ने र सकारात्मक सोच्ने तथा सिर्जनशील काममा लागिपर्नुपर्ने उनको आग्रह थियो। उनले थपे, ‘संक्रमित भएपछि गीत, कथा, अनुभव लेख्ने आइसोलेसनमा बस्ने तथा मनका कुरा कापीमा उतार्ने उत्तम अवसरका रुपमा यसलाई लिनुपर्छ। राम्रा गीत सुन्न र फिल्म हेरेर आइसोलेसनको मजा लिन उनले संक्रमितलाई आग्रह गरे। 

यसको साथै उनले मुस्कुराउँदै भने, ‘अनलाइनको माध्यमबाट आफन्त र साथीभाइसँग जोडिने सु-अवसरको रुपमा यसलाई लिनुपर्छ।’ जतिबेला पनि कोरोनासम्बन्धी समाचार मात्र नहेर्न पनि उनले आग्रह गरेका छन्। पोसिलो खानेकुरा खाने र नियमित यो र व्यायाम गरी शरीरलाई स्वास्थ राख्न पनि उनले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.