|

मोरङ :  युएईमामा भइरहेको इन्डियन प्रमियर लिग (आइपिएल) क्रिकेटमा अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ३ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्‍ना भन्‍ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र  त्यही महानगरपलिका-१७ रानी बस्‍ने ४२ वर्षीय जगदीश साह छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाइल फोनबाट आइपिएल खेल हार्ने वा जित्‍ने भनी अनलाईनमार्फत सट्टावाजी गरिरहेको अवस्थामा पक्राउ गरेको हो। 

घटनाको थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्‍न बैजनाथ र जगदिशलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, ३ थान मोबाइल, १ थान ल्यापटप र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद भएको छ ।

पक्राउ व्यक्तिहरूविरुद्ध जुवा वा सट्टाबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.