|

काठमाडौं : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ईसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ। 

आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै  एक दशक भन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको ईसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि गरेको छ। 

‘हामीले स्थापनाकाल देखी नै सूचना प्रणाली , गोपनियता र  सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ। हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउदै आएका छौं’, आइएसओबाट प्रमाणित भएसँगै ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘सूचना प्रणालीसम्बन्धी ग्लोबल बेन्चमार्क आइएसओ २७००१  तोकेका मापदण्ड पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु हामी, हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा बित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पुर्ण सरोकारवालाको लागी खुशीको कुरा हो।’

कम्पनीले यो आइएसओ सर्टिफाइड भएसँगै  ईसेवा सुरक्षित र गुणस्तरीय रहेको थप पुष्टि भएको जनाएको छ।

नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ईसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढि रहेको छ  । 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको ईसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको कम्पनीले जनाएको छ।

हाल ईसेवाका देशभर एक लाख  भन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् भने ईसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करिब ३५ लाख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.