|

काठमाडाैं : काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाही गर्न सिफारिस गरेको छ।

महानगरपालिकाले २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसललाई कारबाही गर्न सिफारिस गरेको हो। कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमन गरेको महानगरले उपत्यकाभित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो।

महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो। साथै, दाल चामललगायत ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो।

यसरी गरिएको अनुगमन क्रममा महानगरपालिकाले १ सय २९ मध्य २६ वटा उपभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ जरिवाना गराई व्यापारमा भएको कसुरको आधारमा कारबाही गर्न विभागलाई लेखिपठाएको उपमेयर हरिप्रभा खड्कीले जानकारी दिइन्। 

उपमेयर खड्कीले अनुगमनको क्रममा म्याद गुज्रिजएका सामान बेच्ने ११ वटा पसलबाट करिब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताइन्। यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको समेत उनले बताइन्। 

उपमेयर खड्कीले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपोभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि जानकारी दिइन्।

उनीहरुले ४६ रुपैयाँमा खरिद गरेको प्याज कृत्रिम अभाव सिर्जना गरी १ सय ३० रुपैयाँमा बिक्री वितरण गरेको पाइएको बताइन्। प्याजमा कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्ने व्यापारीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए।

उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फ प्रतिकेजी ६० रुपयाँमा प्रतिव्यक्ति ३ किलोसम्म खरिद गर्न पाउने गरीे बिक्री गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.