|

काभ्रे : कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल सामुदायिक अस्पताल लगिएका एक बिरामीको मृत्यु भएको छ। स्वास्थ्य अवस्था जटिल भएपछि जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–२ कुपिन्टारको २८ वर्षीया भीमबहादुर धुलिखेल अस्पताल लगिएको थियो। 

अस्पतालको आकस्मिक सेवामा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालको अनुसार उनको ज्वरो बिग्रिनुका साथै छातीमा रहेको घाउँमा इनफेक्सन भई कलेजो र फोक्सो र मुटुमा समेत पानी जमेको थियो। उपचारमा ढिलाइ हुँदा उनको ज्यान गएको हो।

केहीदिन अघिदेखि ज्वरो आएका थिङलाई खानीखोला गाउँपालिका–३ भाङ्टारस्थित रहेको मेडिकलमा उपचार गरिएको थियो। तर मेडिकलमा ४ दिन राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि मेडिकलले गम्भीर प्रकारको रोग हुन सक्ने र मेडिकलमा सम्भव नहुने बताउँदै अस्पताल लैजान सुझाव दिएको दियो। त्यसैअनुसार उनलाई भाङ्टारबाटै हेलिकप्टरमा राखी धुलिखेल लगिएको थियो। 

‘छोरालाई ठिक हुन्छ कि भनेर ऋण काटेर हेलकप्टरमार्फत अस्पताल ल्याएँ, तर बचाउन सकिएन,’ बुबा बबै सिंले गहँभरि आँसु पार्दै भने, ‘मेरो बुढेसकालको सहारा छोरा अब सम्झनामा मात्रै रह्यो’, उनले भने, ‘भीम मेरो दुई छोरामध्ये जेठो हो।’ अस्पतालले थिङको पिसिआर गर्ने भए पनि परिवारले भने मानेका छैनन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.