|

काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि 'इमर्जेन्सी' बाहेक अन्य सेवा अनिश्चित कालको लागि बन्द भएको छ। प्रतिष्ठानका उपचारत स्वास्थ्यकर्मीहरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि अन्य सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्म यस प्रतिष्ठानबाट उपलब्ध हुने आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरिएको जानकारी गराइन्छ।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.