|

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले फ्रेन्च ओपन छोडेकी छन्। चोटका कारण सेरेनाले अहिले जारी फ्रेन्च ओपनको महिला सिंगलतर्फको दोस्रो राउण्डको खेलमा बुल्गेरियाकी स्भेटाना पिरोनकोभालाई वाक ओभर दिएकी हुन्।

अहिलेसम्म २३ ग्रान्ड स्लाम जितेकी सेरेनाले फ्रेन्च ओपन समेत जित्ने अनुमान गरिएको थियो।​ सेरेनाले आफु कम्तिमा ४ देखि ६ हप्ता केहि नगरी आराम गर्नुपर्ने भएको भन्दै स्भेटानालाई वाक ओभर दिएकी हुन्।  

आफुले इन्जुरीलाई लिएर खेल नखेल्ने निर्णय गरेको बताउदै सेरेनाले इन्जुरी अरु बढाउनु भन्दा यसलाई छिटो ठिक गर्ने निर्णय गरेको बताइन्। सेरेना अमेरिकन ओपनमा सेमिफाइनलमा भिक्टोरिया अजारेनकासँग पराजित भएकी थिइन्।

फ्रेन्च ओपनको पहिलो राउण्डमा सेरेनाले अमेरिकन खेलाडी क्रिस्टिन आहनलाई पराजित गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.