|

पर्सा : पर्साको वीरगञ्जबाट नक्कली इन्सपेक्टरसहित पर्सा प्रहरीले केही व्यक्ति पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नक्कली इन्सपेक्टर बाराका जीतपुर सिमराका अजय यादवसहितका केही व्यक्तिहरु पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

उनीहरुले वीरगञ्जको नगुवा नजिक देव पार्टी प्यालेशमा बसेर ठगीको योजनाको बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो। उनीहरुले प्रहरीमा जागिर लगाइदिने भन्दै रकम असुल्ने गरेको स्रोतको भनाइ छ।

यसबारे थप जानकारी दिन आज विहान ९ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने पर्सा प्रहरी प्रवक्ता नायव उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.