|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गरेकी छन्। ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो आव्हान गरेकी हुन्। 

राष्ट्रपतिले देश–विदेशमा रहेका  सबै ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै आ–आफ्नो स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्‍याउन आह्वान गरिन्।  

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ।

यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘महामारीमा : हाम्रो उमेर र बुढ्यौलीका कारण ज्येष्ठ नागरिकलाई गरिने सम्बोधनमा परिवर्तन ल्याउँछ?’ भन्ने रहेको छ। 

राष्ट्रपति भण्डारीले हाल विश्वव्यापी रूपमा फैलिएको कोरोनाको महामारीका सन्दर्भमा यो नारा सामयिक रहेको उल्लेख गरिन्। उनले हाम्रो सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवो भवः, पितृदेवो भवः’को भावना पनि हो। सन्देशमा भनिएको छ, “सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात् गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो, आ–आफ्नो स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्या‍उन म सबैमा आह्वान गर्दछु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.