|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रिय सचिवालय कार्यव्यवस्था समितिको बैठक बस्दैछ। 

पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीका विभिन्न समिति समायोजनबारे छलफल हुने नेता मोहन श्रेष्ठले जानकारी दिए।  उनका अनुसार बैठकमा केन्द्रिय कार्यसमिति र केन्द्रिय कार्यसम्पादन समितिलाई समायोजन र पूर्णता दिने गृहकार्य हुँदैछ। यस्तै सातै प्रदेशका अध्यक्ष मनोनयन, ७७ वटै जिल्ला समिति गठन र भातृ संगठनको समायोजनबारे पनि बैठकमा छलफल हुँदैछ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त एक भएपछि  पार्टीका विभिन्न समिति र भ्रातृ संगठनलाई समायोजन तथा पूर्णता दिने गृहकार्यमा जुटिरहेको छ। उसले यहि असोज २१ गतेसम्म पूर्णता दिने तयारी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.