|

काठमाडौं : नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ। 

समझदारीपत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डाक्ट। अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गाबी अश्कानजीले हस्ताक्षर गरे। 

समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तिब्रता पाउने अपेक्षा गरिएको छ।  पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने विश्वास लिइएको छ। यो समझदारी भएसँगै कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ। 

त्यस्तै  नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’मा पनि हस्ताक्षर भएको छ।  

विगत केही समयदेखिको छलफललाई निश्कर्षमा पुर्‍याउँदा नेपाल र इजरायलबीच “इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा हस्ताक्षर सम्पन्न भएको हो। हस्ताक्षर भएसँगै इरायली श्रम बजार नेपालीका लागि खुला भएको छ।

यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल र रेष्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीले रोजगारीको अवसर पाउने छन्। यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुनेछ।

यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकोले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुन लागेको दुतावासले बताएको छ।

नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारी बीच सो विषयमा मा काठमाडौंमा हस्ताक्षर हुने बताइएको छ। साथै उक्त सम्झौता पछि केही महिनाभित्रै पहिलो चरणमा पाँच नेपाली इजरायल जान पाउनेछन्।

राजदूत डाक्टर शाक्य र इजरायली परराष्ट्र मन्त्रीबीच द्विपक्षीय भेटघाट भई दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा छलफल भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.