|

बैतडी : बझाङबाट प्रहरीले २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको वित्थडचिर गाउँपालिका २ लिम भन्ने स्थानमा लुकाइ-छिपाई राखेको अवस्थामा प्रहरीले २५ किलो चरेससहित  बुङ्गल नगरपालिका २ का २५ वर्षीय धनबहादुर धामी  र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

उनीहरूमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.