|

काठमाडौं : सरकारले डा.युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ।

आज बसको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री घनश्याम भुषालले जानकारी दिए। 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेको थिए। राष्टियसभाको मनोनित सदस्यबाट अर्थ मन्त्रालयको कार्यकाल सकिएलगत्तै मन्त्रीको सेवा सो-सरह सुविधासहितको अर्थ सल्लाहकार नियुक्त गरेका थिए। 

प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्टियसमामा निरन्तरता दिएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइरहन चाहेका थिए। तर, उपाध्यक्ष वामदेव गौतमले राष्टियसभाको मनोनित सदस्यको रुपमा जाने अडान लिएपछि ओलीपछि हटेका थिए।

प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवादको क्रममा उपाध्यक्ष गौतमले साथ दिइरहेको हुनाले खतिवडालाई दोहोर्याउने अडानबाट पछि हटेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.