|
बर्दिया राष्ट्रिय निकुञ्‍जको प्रवेशद्वार ।

बर्दिया : पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला हो : बर्दिया। विगतका वर्षहरूमा यतिखेर बर्दिया भ्रमणमा आउने पर्यटकहरूको ताँती लाग्थ्यो। पर्यटन व्यवसायीहरू पनि पर्यटकको स्वागत सत्कारमा लागिपरेका हुन्थे। तर, कोरोना महामारीका कारण यतिखेर बर्दिया सुनसान बनेको छ। 

होटेल खुलेका त छन्, तर पाहुना छैनन्। पर्यटकले भरिभराउ हुने बर्दियाको मुख्य पर्यटकीय क्षेत्र बर्दियाको ठाकुरद्वारा अहिले सुनसान छ। विदेशी पर्यटकको त कुरै छोडौं, आन्तरिक पर्यटक पनि छैनन्। 

पर्यटकको स्वागत सत्कारका लागि खुलेको सबै होटेलहरू अहिले सुनसान बनेको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण प्साद भट्टराईले बताए। उनले भने, 'कोरोना महामरी पछि बर्दिया सुनसान छ, पर्यटन क्षेत्र धरासयी बनेको छ, पर्यटन व्यवसायीहरू चिन्तित छन्।'

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि होटेल व्यवसायहरू बन्द भए, यातायात ठप्प भयो, त्यसपछि पर्यटन क्षेत्र पनि धराशायी बन्यो। अहिले होटेल व्यवसायहरू सञ्चालन त गरिएका छन्, तर पर्यटकीय क्षेत्रमा पर्यटक भने छैनन्। 

यो सिजनमा निकै गुल्जार हुने बर्दिया राष्ट्रिय निकुञ्ज अहिले सुनसान छ। बाघ, हात्ती, गैंडा गाएतका जनावरको अवलोकनका लागि पर्यटकहरू आउने अहिले नै मूख्य सिजन हो। तर, यही सिजनमै बर्दिया राष्ट्रिय निकुञ्ज सुनसान देखिन्छ। 

 बर्दियाका अन्य पर्यटकीय क्षेत्र केदारेश्वरधाम, सत्खलुवा, बढैया ताल लगायतमा पनि चहलपहल छैन्। यतिबेला सत्खलुवा, गोविन्दपुर, डल्ला लगायतका होमस्टेहरूले पर्यटकहरूलाई आकर्षित गरिरहेका हुन्थे। तर, अहिले सबै सुनसान भएपछि पर्यटन व्यवसायी र हामस्टे सञ्चालकहरू सबै निराश छन्। 

साढे ३ अर्ब रुपैयाँ लगानी जोखिममा

बर्दियाका पर्यटन व्यवसायीहरूले साढे ३ अर्ब रुपैयाँभन्दा बढी लगानी जोखिममा परेको बताएका छन्‌। कोरोना महामारीका कारण विगत ६ महिनादेखि पर्यटन व्यवसाय ठप्प हुँदा लगानी जोखिममा परेको हो।

व्यवसाय ठप्प हुँदा लगानी डुबेको पर्या-पर्यटन विकास मञ्चका अध्यक्ष भट्टराईले बताए। थाहाखबरसँग कुरा गर्दै उनले भने, 'पर्यटन व्यवसायी ५० करोड रुपैयाँभन्दा धेरै तिर्नुपर्ने अवस्थामा छन्‌, तर सकेका छैनन्‌, बेंकले किस्ताका लागि ताकेता गरिरहेको छ।' 

कोरोना संक्रमणका कारण पर्यटनसँग सम्बन्धीत सबै गतिविधिहरू बन्द गरिएका छन्। बर्दियाको ठाकुरद्वारामा पर्यटकहरूलाई लक्षित गर्दै साना ठूला गरेर ३० भन्दा धेरै होटेलहरू खोलिएको छ। तर, यतिखेर ती सबै होटेलमा ताल्चा लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.