|

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ। 

सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिकरणले थाई र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको जनाएको हो। 

बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफै गर्ने गरेका थाई एयर र एयर इण्डियाको अनुमति फिर्ता लिने बताए। 

अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरुसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरि अनुमति फिर्ता दिइने उनले बताएका छन्। 

अब थाई एयर र एयर इण्डियाले ग्राउण्ड ह्याण्डलिङको मौका दिने पक्षमा हामी छैनौं। अहिले कोभिडको बेला छ उहाँहरु उहाँ हुनुहुन्‍न, आएपछि छलफल गरेर तपाईंहरुले सेल्फ ग्राउन्डिङ गर्न पाउनुहुन्‍न। तपाईंको क्राइट एरिया मिट गर्दैन भन्छौँ', उनले भने, 'अब हाम्रो ग्राउण्ड ह्याण्डलिङ सेवा दिने प्रदायक नेपाल सेवा निगम मात्रै हो यो कुरामा भ्रममा नपर्नुहोस्।'

उनले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि बताएका छन्। हिमालयन एयरलाइन्सलाई नियमानुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.