|

रुकुम : रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा जारी मध्यपश्चिम महोत्सवमा दर्शकको भीड लागेको छ। महोत्सवमा दैनिकजसो झण्डै १० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने गरेको रुकुम उद्योग वाणिज्य संघले जनाएको छ। 

‘कृषि, जडिबुटी, पर्यटन, संस्कृति, सूचना प्रविधि, उद्योग र व्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार’ भन्ने नारासहित रुकमुको टुँडिखेलमा फागुन १२ गतेदेखि महोत्सव चलिरहेको छ। महोत्सवबाट रुकुमको जिल्लाको घरेलु तथा साना उद्योग, व्यापार र कृषि उत्पादन वस्तुको बजारीकरण गर्ने लक्ष्य रहेको छ।

२१ गतेसम्म महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिइरहेका छन्। महोत्सवमा १ सय बढी स्टलहरु रहेको रुकुम उद्योग वाणिज्य संघ रुकुमका महासचिब नवराज गिरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.